काठमाडौं । प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
बैंकले सीबीएस अफिसर (जुनियर अफिसर÷अफिस) माग गरेको छ । त्यसैगरी बैंकले सीबीएस अपरेटर, डिजिटल ट्रान्सफरमेशन, साइबार सेकुरीटी अफिसर र च्याटर्ड एकाउन्टेन्ट पदमा संख्या नखुलाइ कर्मचारी माग गरेको हो ।
बैंककाअनुसार योग्यता पुगेका र इच्छुक व्यक्तिहरुले २८ अप्रिल अथात् बैशाख १६ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।
