काठमाडौं । काठमाडौं उपत्यका अब वैशाख २९ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र( सीसीएमसी) को आज बसेको बैठकले २९ गतेसम्म उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय गरेको ललिपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए ।
‘हामीले निषेधाज्ञा लम्ब्याउनेदेखि दिनमा एक पटकमात्रै अत्यावश्यकीय सामानहरू पसल खोल्न दिने निर्णय गरेका हौं,’ उनले भने ‘कोभिड महामारीको प्रकोप बढ्दै गएपछि प्रशासनले यस्तो निर्णय गरेको हो उपत्यकाका तिनै प्रमुख अधिकारीहरूले अब बिहानमात्रै पसल सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।
‘अब बेलुकाको समयमा खाद्य पसल र डिपार्टमेन्टल स्टोरहरू सञ्चालन गर्न दिइने छैन,’ उनले भने ‘साँझ किराना र डिपार्टमेन्ट स्टोर खोल्न नदिने निर्णय भएको छ ।’ उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।
आजको बैठकले उपत्यकामा बिहान १० बजेसम्म पसल खोल्ने समयलाई घटाएर बिहान ९ बजे बन्द गराउने निर्णय गरेको छ । साँझ पसल खोल्न नपाइनुका साथै अब जथाभावी हिंडुल गर्न समेत नपाइने भएको छ । नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै संक्रमण बढ्न थालेसँगै वैशाख १६ गतेदेखि निषेधाज्ञा गरिएको थियो ।


