images
images

संसद छलेर एकैपटक ७ अध्यादेश : के के छन् ?


  • 634
    SHARES
  • २०७८ बैशाख २१ गते मंगलबार

    संसद छलेर एकैपटक ७ अध्यादेश : के के छन् ?

    काठमाडौं । राष्ट्रपति विद्यादेबी भण्डारीले एकैपटक ७ वटा अध्यादेश जारी गरेकी छिन् । चालु संसदको बर्खे अधिवेशन डाकिसकेको अवस्थामा भण्डारीले एकैपटक सो अध्यादेश जारी गरेकी हुन् । 

    राष्ट्रपतिले जारी गरेको अध्यादेशहरुमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८,  औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ छन् । 

    त्यस्तै, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन) सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ रहेका छन् । 

    Capture.JPG


    images

    Logo