images
images

कर विवरण बुझाउने समय थप्न चेम्बरको माग 


  • 399
    SHARES
  • २०७८ बैशाख २१ गते मंगलबार

    कर विवरण बुझाउने समय थप्न चेम्बरको माग 

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले कर विवरण बुझाउने तथा कर दाखिला गर्ने समय थप गर्न सरकार समक्ष माग गरेको छ । कोभिड महामारीका कारण गरिएको निषेधाज्ञाका कारण व्यवसायीहरूले कर बुझाउन नसक्ने भन्दै कर बुझाउने समय थप गर्न माग गरेको हो ।

    चेम्बरले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ‘उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका छन् र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था रहेको छैन । सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले आवश्यक म्याद थप गरिदिने व्यवस्थाको लागि नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौँ ।’ हरेक महिनाको २५ गतेसम्म कर बुझाउनु पर्ने नीतिगत व्यवस्था छ । 

    विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड-१९ महामारी नेपालमा पनि फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्र रुपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको छ । 

     


    images

    Logo