काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक समुहमा असईदेखि डिएसपीसम्मका पदमा विज्ञापन खोलेको छ । शुक्रबार प्रहरीले प्राविधिक समुहअन्तर्गतको विभिन्न उपसमुहका लागि २२१ पदमा विज्ञापन खोलेको हो ।
प्रहरीले सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जनाको माग गरेको छ । त्यस्तै, सूचना प्रविधि अन्तर्गत ३ पदमा ६४ जना, सञ्चार अन्तर्गत ३ पदमा ३५ जना, विधिविज्ञान प्रयोगशाला अन्तर्गत १७ जना, भौतिक पूर्वाधारतर्फ ६ तथा केनाइन र हातहतियार मर्मत अन्तर्गत १–१ जनाको लागि विज्ञापन खोलेको छ ।
नैतिक पतन देखिने कुनै फौजदारी अभियोग नलागेका पदअनुसार २० देखि ३५ वर्षसम्मका नागरीकले आवेदन दिन सक्ने प्रहरीले जनाएको छ । पदअनुसार एसईई देखि एमबिबिएससम्म सम्बन्धित विषयको अध्ययन तथा मान्यताप्राप्त शैक्षीक संस्थाबाट दक्षता हासिल गरेका नागरिकले आवेदन दिन सक्नेछन् ।
आवस्यक न्युनतम योग्यता-

आवेदकले २७ भदौदेखि ७ कार्तिकसम्म आवेदन दिन सक्ने प्रहरीले जनाएको छ ।


