images
images

भोलिदेखि कर्णालीमा १० दिने औद्योगिक प्रदर्शनी सुरु हुँदै


  • 410
    SHARES
  • २०८१ बैशाख १९ गते बुधबार

    भोलिदेखि कर्णालीमा १० दिने औद्योगिक प्रदर्शनी सुरु हुँदै

    काठमाडौं ।  स्थानीय उत्पादको बजारीकरण गर्ने उद्देयले कर्णाली प्रदेशका दशवटै जिल्लामा भोलिदेखि तीन दिनसम्म औद्योगिक प्रदर्शनी हुने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र यसअन्तर्गतका दशवटै जिल्ला कार्यालयमा औद्योगिक प्रदर्शनी हुन लागेको हो ।

    कर्णालीमा लघु, घरेलु तथा साना उद्यमीबीच वस्तु तथा सेवाको उत्पादन, तिनको गुणस्तर, उत्पादित परिमाणका बारेमा सरोकारवालालाई सूचना उपलब्ध गराई उद्योगबाट उत्पादित वस्तुको उपभोगमा वृद्धि र बजारीकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुने लागेको उक्त कार्यालयका निमित्त निर्देशक मुकुन्दनाथ योगीले जानकारी दिए ।

    कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने प्रतियोगितामा सुर्खेत उपत्यकाका २८ र उपत्यका बाहिरका २९ गरी ५७ उद्योग प्रदर्शनीमा भाग लिनेछन् ।

    निर्देशक योगीका अनुसार प्रदर्शनीमा भाग लिने उद्योगीलाई अवलोकनकर्ताले छनोट गर्नेछन् ।

    उनीहरूले गरेको छनोटका आधारमा उत्कृष्ट तीनलाई क्रमशः ४० हजार, २० हजार र ३० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।


    images

    Logo