images
images

उद्योग संगठन मोरङद्वारा उद्योग प्रतिष्ठानमा लामो समय देखि कार्यरत श्रमिक सम्मानित


  • 365
    SHARES
  • २०८१ बैशाख २० गते बिहीबार

    उद्योग संगठन मोरङद्वारा उद्योग प्रतिष्ठानमा लामो समय देखि कार्यरत श्रमिक सम्मानित

    विराटनगर । मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान भन्ने नाराका साथ आज १३५ अन्तर्राष्ट्रिय श्रमिक दिवश (मई दिवश) को अवसरमा उद्योग संगठन मोरङले श्रमिक सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । 

    विश्वभरिका श्रमिकहरुको महान दिनको रुपमा रहेको मई दिवशलाई श्रमिक र रोजगारदाताहरुले साझा रुपमा एकाकार गर्दै मनाउने सन्दर्भमा संगठनले सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योग प्रतिष्ठानमा लामो समय देखि कार्यरत ३ जना श्रमिकको सम्मान गरेको हो ।   

    सम्मानित हुनेमा श्रीरघुपति जुट मिल्स लि.मा ३३ बर्षदेखि कार्यरत बलराम मण्डल, रियान्स स्पिीनिङ मिल्स लि. मा २७ वर्ष देखि कार्यरत राम पवित्र साह र स्वस्तिक आयल ईण्ड. प्रा. लि. मा ३६ वर्षदेखि अनवरत रुपमा कार्यरत ललन कुमार राय रहेका छन । सम्मानितद्धयलाई संगठनका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, रोजगारदाता उपाध्यक्ष विपिन कावरा र ट्रेड युनियन प्रदेश कमिटीका अध्यक्षद्धयले संयूक्त रुपमा खादा, माला लगाई सम्मान–पत्र र जनही नगद एघार हजार पुरस्कार सहित सम्मान गरेका थिए ।  

    कार्यक्रममा शुभकामना दिदै संगठनका अध्यक्ष राकेश सुरानाले उद्योगको उत्पादकत्व अभिवृद्धि र उद्योगमैत्री वातावरण निर्माण गर्न श्रमिक र रोजगारदाता दुवैको भूमिका महत्वपूर्ण हुने वताए । उनले उद्योगी र श्रमिक बीचको निरन्तर सम्बाद र सहकार्यले आपसी सम्वन्ध थप प्रगाढ भई असल श्रम सम्बन्ध विकासमा सहयोग पुग्ने बताउदै आर्थिक क्षेत्रका चुनौतीहरुको सामन गर्न सक्षम हुने गरि काम गर्न मे दिवशले सबैलाई थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । 

    संगठनका रोजगारदाता उपाध्यक्ष विपिन कावराले श्रमिक र रोजगारदाता एकअर्कासंगको सहकार्यले मात्र असल श्रम सम्बन्ध विकासमा सहयोग पुग्ने बताए । 

    कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघका कोशी प्रदेशका अध्यक्ष किशोर धमला र ट्रेड युनियन काँग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेतले मई दिवशको अवसरमा श्रमिक सम्मान कार्यक्रम आयोजना गरेको प्रति धन्यबाद दिदै यस्ता कार्यक्रमले रोजगारदाता र श्रमिकको सम्बन्धमा थप निकटता ल्याउने विश्वास व्यक्त गरे ।

    सो अवसरमा संगठनका पूर्व अध्यक्षहरु, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, उद्योगी÷व्यवसायीहरु, नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ट, अखिल नेपाल ट्रेड युनियन महासंघ लगायतका ट्रेड युनियनका प्रदेश तथा जिल्ला कमिटिका अध्यक्ष, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु तथा विभिन्न उद्योग प्रतिष्ठानका श्रमिकहरुको सहभागिता रहेको थियो ।


    images

    Logo