काठमाडौं । कोभिड–१९ को संक्रमण भयावह भएपछि गृह मन्त्रालयले देशमा ५१ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । गृहले सार्वजनिक गरेको सूचना अनुसार सिराह, बारा र दार्जुलामा अर्को आदेश नभएसम्म, अन्य केही जिल्लामा वैशाख २४ गतेसम्म र बाँकी जिल्लामा वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो ।
कोभिड–१९ संक्रमण रोकथामको प्रयासका लागि गृह मनत्रालयले सबै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई जोखिम बढेका जिल्लामा निषेधाज्ञा जारी गर्न निर्देशन गरेको हो ।
कोभिडको प्रकोप बढ्दै गएपछि सरकारले निषेधाज्ञाको जिल्ला बढाएर ५१ पुर्याएको हो । गत शनिबार २९ जिल्लामा निशेषधको आदेश जारी भएको थियो । आइतबार ३१ जिल्लामा जारी भएकोमा सोमबार ४१ जिल्लामा आदेश जारी भएको थियो ।
संक्रमण बढ्दै गएपछि पूरै देश निषेधाज्ञाको अवस्थाबाट पूर्ण लकडाउनतर्फ जान सक्ने अवस्था रहेको बताइएको छ ।
2078_01_21_गते_बेलुका_८_बजेसम्म_निषेधाज्ञा_जारी_सम्बन्धी_विवरण.pdf :To download file click here


