काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पहिले बन्द भएका उद्योगहरूलाई सञ्चालनमा ल्याउने भएको छ । रुग्ण अवस्थामा रहेका ती उद्योगहरूलाई ‘सार्वजनिक–निजी साझेदारी’ विधि वा अन्य विधिबाट सञ्चालनमा ल्याउने घोषणा सरकारले नीति तथा कार्यक्रममार्फत गरेको हो ।
संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । रुग्ण अवस्थामा रहेका गोरखकाली रबर कारखाना, बुटवल धागो उद्योग तथा हेटौँडा कपडा उद्योगलाई सञ्चालनमा ल्याउने घोषणा गरिएको हो ।