images
images

एक करोड पुगे फोरजी प्रयोगकर्ता


  • 496
    SHARES
  • २०७८ भाद्र २७ गते आइतबार

    एक करोड पुगे फोरजी प्रयोगकर्ता

    काठमाडौँ । नेपालमा फारजी प्रयोगकर्ता एक करोड पुगेका छन् । नेपाल दुर सञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तथ्याङकअनुसार फोरजी प्रयोगकर्ता एक करोड पुगेका छन् । 

    नेपालमा सरकारी स्वामित्वमा रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम), एनसेल र स्मार्ट टेलीकम गरी तीन दूरसञ्चार सेवा प्रदायकले फोरजी सेवा सञ्चालन गर्दै आएका छन् । आर्थिक वर्ष २०७७–७८ को तथ्याङकअनुसार जेठमा उल्लेख्यरुपमा फोरजी प्रयोगकर्ता घटेपनि असार मसान्तसम्म पुग्दा बढेको देखाइएको छ । 

    टेलिकमका ४७ लाख ४४ हजार प्रयोगकर्ता छन् । गत जेठमा २७ लाख ७ हजार ४२९ प्रयोगकर्ता रहेका थिए । एक महिनामा मात्र १९ लाख ७३ हजार बढी फोरजीका प्रयोगकर्ता थपिएका छन् । एक वर्षमा एनसेलका फोरजीका ग्राहक ५० लाख ४२ हजार बढी छन् । गत जेठमा ४८ लाख ५ हजार प्रयोगकर्ता गरेका थिए ।

    स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता एक लाख ६६ हजार छन् । गत जेठमा एक लाख ५१ हजार ७१५ जना प्रयोगकर्ता रहेका थिए । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् । तीन सेवा प्रदायकसँग ९९ लाख ५४ हजार ११९ फोजरीका प्रयोगकर्ता थपिएका छन् । गत जेठमा फोरजीका प्रयोगकर्ता ७६ लाख ६४ हजार ४५९ थिए । एक महिनामा तीन सेवा प्रदायकका २२ लाख ८९ हजार ६६० प्रयोगकर्ता थपिएका छन् ।


    images

    Logo