images
images

नवनियुक्त मन्त्रीले लिए शपथ


  • 721
    SHARES
  • २०७८ बैशाख २२ गते बुधबार

    नवनियुक्त मन्त्रीले लिए शपथ

    लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिए  ।

    प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलका उपस्थितिमा शपथ लिएको हो ।

    मुख्यमन्त्री पोखरेलले मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार गठन गरिएको मन्त्रिपरिषदमा मंगलबार पुनर्गठन गरी कार्यविभाजन गरेका थिए ।  पुनर्गठित मन्त्रिपरिषद्मा तीन नयाँ मन्त्रीलाई थप गरिएको थियो । 

    शपथ लिनेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुरलाल श्रीवास्तव छन् । 

    नवगठित मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नौ मन्त्री र एक राज्यमन्त्री  छन् ।


    images

    Logo