images
images

रोजगारीका लागि विदेशीनेको संख्या घट्यो, १० महिनामा ६ लाख ९ हजार नेपालीले लिए श्रम स्वीकृति


  • 567
    SHARES
  • २०८१ जेठ ८ गते मंगलबार

    रोजगारीका लागि विदेशीनेको संख्या घट्यो, १० महिनामा ६ लाख ९ हजार नेपालीले लिए श्रम स्वीकृति

    काठमाडौं । नेपालबाट रोजगारीका लागि अन्य देशमा जाने मानिसहरुको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको १० महिनामा विदेश जाने नेपालीको संख्या ७.६५ प्रतिशतले घटेको हो । 

    गत आर्थिक वर्षको श्रावणदेखि वैशाखसम्ममा वैदेशिक रोजगारीका लागि ६ लाख ६० हजार २५५ जनाले श्रम स्वीकृति लिएका थिए । उक्त संख्यामा यसपटक ७.६५ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा ६ लाख ९ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका छन् । 

    वैशाखमा मात्र ७० हजार ६३७ नेपाली वैदेशिक रोजगारीका लागि स्वीकृति छन् । जसमा ६४ हजार १० पुरुष रहेका छन् भने ६ हजार ६२७ महिला छन् । 

    कुन महिनामा कति विदेशिए ?

    विभागको तथ्यांकअनुसार २०८० को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८ चैतमा ७० हजार ९३३ र २०८१ वैशाखमा ७० हजार ६३७ नेपालीले श्रम स्वीकृति लिएको देखिन्छ । 

    गत आर्थिक वर्ष २०७९/०८० मा कुल सात लाख ७१ हजार ३२७ नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । गत वर्ष ६ लाख ९९ हजार १९३ पुरुष र ७२ हजार १३४ महिला वैदेशिक रोजगारीमा गएका थिए । 


    images
    images

    Logo