काठमाडौँ । इजरायल जाने सहायक कामदार छनोट परीक्षाकाे नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले सोमबार लिएको अंग्रेजी भाषाको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।
नेपाल सरकार र इजरायल सरकारवीच इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा नेपाली कामदार पठाउने सहमति भएको थियो । सोही सहमतिअनुसार लिइएको परीक्षाको नतिजा मंगलबार सार्वजनिक भएको हो ।
लिखित परीक्षामा सहभागि भएका ६ हजार ३ सय १७ जनामध्ये २ हजार ३९ जना पास भएका छन् । जसमा महिला १ हजार ३ सय ९५ र पुरुष ६ सय ४४ जना रहेका छन् ।
नतिजा सार्वजनिक भएसँगै छनौट भएका उम्मेदवारलाई उचाई र तौलको परीक्षणमा सहभागि हुनको लागि विभागले बोलाएको छ । परीक्षणमा सहभागि हुँदा उम्मेदवारले आवस्यक कागजात साथमा लिएर जानुपर्नेछ ।
हेर्नुहोस नतिजा -


