images
images

मेगा बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट 


  • 380
    SHARES
  • २०७८ भाद्र ३१ गते बिहीबार

    मेगा बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट 

    काठमाडौं । मेगा बैंकका ग्राहकले स्वास्थ्य उपचारमा १५ प्रतिशत विशेष छुट पाउने भएका छन्
      
    मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ । 

    बैंक र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो  । 

    सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट दिने र एम्बुलेन्स सेवा निःशुल्क पाउने जनाएको छ । 

    आइसियू, एचसीयू, भेन्टिलेटर र औषधी खरिद गर्दा भने १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ । यसैगरी, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई शल्यक्रिया गर्नुपरेमा विशेष छुट र कोभिडको पीसीआर परिक्षणमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । 

    मेगा बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर यस अघिनै काठमाडौँ उपत्यका लगायत देशका विभिन्न अस्पतालहरुसंगको सहकार्यमा छुटको व्यवस्था गर्दै आएको छ । 

     


    images

    Logo