काठमाडौँ । एक बैंकको ग्राहकले अर्को बैंकको एटीएम प्रयोग गर्दा महिनामा दुई कारोबारमा पैसा नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०७८ अनुसार महिनाको २ कारोबारमा शुल्क नलाग्ने भएको हो ।
मासिक रुपमा दुई भन्दा बढी कारोबारमा फरक बैंकको एटीएम प्रयोग भएमा शुल्क लाग्ने छ । एकीकृत निर्देशन अनुसार फरक बैंकको एटीएम प्रयोग गरेर कारोबार गर्दा प्रतिकारोबार २० रुपैँया शुल्क लाग्नेछ ।
एटीएम कारोबारमा तोकिएको भन्दा बढी रकम नलिन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । संस्थाले ग्राहकको अनुमति लिएर र सेवा शुल्कको बारेमा पूर्व जानकारी गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।