काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालकमा किशोर प्रधान नियुक्त भएका छन् । प्रधानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले मंगलबार सञ्चालकमा नियुक्त गरेको हो ।
प्रधान मंसिरमा सम्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार थिए । सो निर्वाचनमा चन्द्र ढकालसँग पराजय भएपछि उनी महासंघ राजनीतिमा निष्क्रिय जस्तै देखिएका थिए । उनीसहितको टीम केही समय अघि मात्रै एमालेमा भित्रिएको थियो । एमालेमा आएको उपहारस्वरुप प्रधानले उक्त पद पाएका हुन् ।
निगममा उनको कार्यकाल ४ वर्षको हुनेछ ।