images
images

देशभर १२० औद्योगिक ग्राम घोषणा, प्रगति न्यून


  • 390
    SHARES
  • २०८१ जेठ २७ गते आइतबार

    देशभर १२० औद्योगिक ग्राम घोषणा, प्रगति न्यून

    काठमाडौं । देशभर हाल १२० औद्योगिक ग्राम घोषणा भएका छन् । देशका ७५३ वटै स्थानीय तहमा ग्राम स्थापना गर्ने लक्ष्य रहे पनि चालुु आवको फागुनसम्म १२० स्थानीय तहमा औद्योगिक ग्राम घोषणा भएका आर्थिक सर्वेक्षण २०८०/८१ ले देखाएको हो । 

    स्थानीय स्रोतको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्न अघि बढाइएको परियोजनाले ग्रामीण स्थानीय तहमा उद्योगको स्थापना, विकास र प्रवर्धन गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ग्राम घोषणा गरिए पनि अझै निर्माण सम्पन्न भई सञ्चालनमा आउन सकेका छैनन् । 

    चालु आव २०८०/८१ मा मात्र १५ वटा स्थानीय तहले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा भएका छन् । थप छ वटा औद्योगिक ग्राम घोषणाको प्रस्ताव मन्त्रीपरिषद्‍मा पुगे पनि स्वीकृत भएका छैनन् । औद्योगिक ग्राम घोषणा गरेका स्थानीय तहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुदानसमेत पठाउँदै आएको छ । 

    एक स्थानीय तह एक औद्योगिक ग्राम परियोजनाले छरिएर रहेका साना उद्योगलाई एकीकृत गरी उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि सघाउ पुग्ने औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७५ मा उल्लेख छ । औद्योगिक ग्रामका लागि हिमाली र दुर्गम पहाडी क्षेत्रमा ३० रोपनी, पहाडी क्षेत्रमा ४० रोपनी र तराई क्षेत्रमा सात बिघा न्यूनतम क्षेत्रफल तोकिएको छ ।   


    images

    Logo