काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।
खोप ल्याउन हिजो राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीन गएको थियो ।
सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ । नेपाल वायुसेवा निगमको प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जहाजले २ बजे खोप काठमाडौं ल्याएको बताएका छन् ।
नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।