images
images

विद्युतीय कारोबारमा सीमा, वालेटमा ५० हजारसम्ममात्रै राख्न पाइने


  • 1.4K
    SHARES
  • २०७८ आश्विन ३ गते आइतबार

    विद्युतीय कारोबारमा सीमा, वालेटमा ५० हजारसम्ममात्रै राख्न पाइने

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारमा सिमा तोकेको छ । बैंकले जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०७८ ले विद्युतीय कारोबारको सिमा तोकेको हो । 

    बैंकले कार्ड, मोबाइल तथा इन्टरनेट बैंकिङ्ग, विद्युतीय वालेट, एजेन्ट मार्फत गरिने वालेट कारोबार, रिचार्ज र विप्रेषण रकम भुक्तानीमा हुने विद्युतीय कारोबारमा सिमा तोकेको हो । 

    अब, ग्राहकहरुले प्रिपेड कार्डमार्फत अधिकतम एक पटकमा १० हजार रुपैँया कारोबार गर्न पाउनेछन् भने दैनिक २० हजार र मासिक २ लाख रुपैँया मात्र कारोबार गर्न पाउनेछन् । 

    डेबिट कार्ड प्रयोगकर्ताको हकमा प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रतिमहिना ४ लाख रुपैँयासम्म कारोबार गर्न पाउने छन् । मोवाइल बैंकिङ्ग मार्फत २ लाख र इन्टरनेट बैंकिङ्ग मार्फत २० लाख रुपैँया प्रतिदिन कारोबार गर्न पाइनेछ । 

    विद्युतीय वालेटमार्फत हुने कारोबारमा पनि बैंकले सिमा तोकिदिएको छ । बैंक खाताबाट वालेटमा, वालेटबाट अन्य बैंक खातामा र एक वालेटबाट अर्को वालेटमा हुने कारोबार रकम प्रतिकारोबार, दैनिक र प्रतिमहिनाको अवधिमा हुने कारोबारको सिमा तोकिदिएको हो । 

    wallet.JPG
     
    अब ग्राहकले वालेटमा अधिकतम ५० हजार रुपैँयाभन्दा बढी रकम राख्न पाउँदैनन् । एजेन्ट मार्फत हुने कारोबारमा पनि दैनिक २५ हजार र  मासिक अधिकतम १ लाख रुपैँयाभन्दा बढी नगद राख्न पाइने छैन । सेवा प्रदायकको वालेटबाट हुने बिल भुक्तानी तथा रिचार्जमा आवस्यकता अनुसारको भुक्तानी सेवा लिन मिल्नेछ ।

    विद्युतीय कारोबारमा कति शुल्क लाग्छ ?

    ग्राहकहरुले गर्ने विद्युतीय कारोबारमा लाग्ने शुल्क बैंकले तोकिदिएको छ । कारोबार रकमको आधारमा बैंकले शुल्क तोकिदिएको हो ।

    अन्तरबैंक एटीएम प्रयोग गरेर कारोबार गर्दा प्रतिकारोबार २० रुपैँयासम्मको शुल्क लाग्नेछ । जारी निर्देशनअनुसार मासिक २ पटकको अन्तरबैंक कारोबार नि शुल्क हुनेछ । 

    ग्राहकले समान खरिद गर्दा हुने अनलाइन कारोबारमा शुल्क नलाग्ने निर्देशनले व्यबस्था गरेको छ । डपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसलबाट समान खरिद गर्दा अनलाइन पैसा तिर्ने ग्राहकलाई अतिरिक्त शुल्क नलिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

    प्रविधिको विकाससँगै बढ्दै गएको डिजिटल भुक्तानीमा कारोबार रकमको आधारमा राष्ट्र बैंकले सेवा शुल्क तोकेको छ । डिजिटल वालेट मार्फत हुने राजस्व भुक्तानीको सेवा शुल्क ५ देखि २० रुपैँयासम्म लिन मिल्नेछ । ३ हजार सम्मको ५ रुपैँया, ३ देखि १० हजार रुपैँयासम्म १० रुपैँया र सो भन्दा माथिको राजस्व भुक्तानीमा २० रुपैँया शुल्क ग्राहकले तिर्नुपर्नेछ । 

    ग्राहकले मोबाइल बैंकिङ मार्फत गर्ने कारोबारमा न्युनतम १० देखि ३० रुपैँयासम्मको सेवा शुल्क लाग्ने भएको छ । ५० हजारसम्म १० रुपैँया, १ लाख सम्म २० रुपैँया र सो भन्दा माथि ३० रुपैँया शुल्क लाग्नेछ । 


    images

    Logo