images
images

२ हजार जना विद्यार्थीलाई भाटभटेनीले पार्ट टाइम काम दिने


  • 1.3K
    SHARES
  • २०८१ आषाढ १३ गते बिहीबार

    २ हजार जना विद्यार्थीलाई भाटभटेनीले पार्ट टाइम काम दिने

    काठमाडौं । देशको सबैभन्दा ठूलो सुपर मार्केट चेन भएको भाटभटेनी सुपर स्टोर्सले दुई हजार युवाका लागि रोजगारी दिने घोषणा गरेको छ । भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार देशमा युवाहरूका लागि रोजगारीको अवसर कम भयो भन्ने जनगुनासोलाई ध्यानमा राख्दै भाटभटेनीले रोजगारीको अवसर सिर्जना गर्ने निर्णय गरेको हो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरेर आफूले रोजगारी सिर्जनाका लागि सरकारलाई सहयोग गर्ने वचन दिएको र सोही अनुरूप यो घोषणा गरेको गुरुङले जनाएका छन् ।  अध्यक्ष गुरुङ भाटभटेनीका निर्देशक कल्याण गुरुङ र चिफ अपरेसन अफिसर पानु पौडेलसहित मन्त्री अर्याललाई भेट्न पुगेका थिए ।

    काठमाडौंसहित देशभर रहेका भाटभटेनी स्टोरमा आफ्नो पढाई चालु राख्दै काम गर्न चाहने मेहनती युवा युवतीका लागि ‘पार्ट टाइम’ रोजगारी उपलब्ध गराउने सोच अनुरूप यो योजना ल्याएको भाटभटेनीले जनाएको छ । 

    कम्पनीले १८ वर्ष पूरा भई २१ वर्ष ननाघेकोका युवालाई मात्रै यस्तो जागिर दिइने जनाएको छ । उनीहरूले दिनमा ४–५ घण्टाभन्दा बढी काम गर्नुपर्ने छैन । आगामी साउनदेखि नै यो योजना कार्यान्वयन गर्ने भाटभटेनी सुपर मार्केटको तयारी छ । 

    हालसम्म भाटभटेनीमा काम गर्न चाहनेहरूले आठ घण्टा काम गरेर महिना दिनमा सोही अनुसारको तलब बुझ्दै आएकोमा नयाँ योजना अनुसार रोजगारी पाउनेहरूलाई फरक नियम लागु हुने बताइएको छ । 

    नयाँ प्रक्रिया अनुरूप जागिर खाने र काम गर्ने रोजगारलाई हरेक हप्ताको अन्त्यमानै उनीहरूले सो हप्ता कमाएको तलब दिइने व्यवस्था गरिने अध्यक्ष गुरुङले जनाएका छन् । 

    यसरी जागिर पाउने युवाहरूलाई उनीहरूले कुन दिन कुन समयमा आफ्नो ड्युटी गर्न सक्छन् सकभर सोही अनुसार काम दिइने व्यवस्था मिलाइने छ ।

    कसैले बिहान, कसैले दिउँसो वा कसैले राति काम गर्न चाहन्छ भने सोहीअनुसार गर्न पाउने र अझ कसैले कुनै दिन बिहान र कुनै दिन राति वा दिउँसो गर्न चाहन्छ भनेपनि सकभर उसको ड्युटीको समय मिलाइने जनाइएको छ । 


    images

    Logo