images
images

४५ करोडमा बनेको अम्युजमेन्ट पार्क वैशाखबाट सञ्चालनमा

अहिलेसम्मकै लामो तीव्र गति २ सय फीटको स्पीड स्लाइड


  • 755
    SHARES
  • २०७७ चैत्र २४ गते मंगलबार

    ४५ करोडमा बनेको अम्युजमेन्ट पार्क वैशाखबाट सञ्चालनमा

    युवाहरुका लागि साहसिक स्लाइड अन्तर्गत २५ फीट उचाईबाट यस क्षेत्रमा अहिलेसम्मकै लामो तीव्र गति २ सय फीटको स्पीड स्लाइड पनि रहेको छ । पार्कभित्र डेढ दर्जन सेल्फी स्पट समेत बनाइएको छ ।

    काठमाडौं । भैरहवामा लुम्बिनी प्रदेशकै ठूलो वाटरपार्क सञ्चालनमा आएको छ । ४५ करोड रुपैयाँ लगानीमा सिद्धार्थनगर नगरपालिका–१ डण्डापुल नजिकै साढे ६ विघा क्षेत्रफलमा लुम्बिनी अम्युजमेन्ट पार्क एण्ड रिसोर्ट सञ्चालनमा आएको हो । उक्त वाटर पार्कको औपचारिक शुभारम्भ वैसाख दोस्रो हप्ता हुने बताइएको छ ।

     ५ जना युवा उद्यमीले उक्त पार्क पहिलो चरणमा तयार पारेका हुन् । ४ वटा मल्टीलेन स्लाइड, रेन डान्स, क्रेजी रिभर, एक्वा प्ले, बेबी स्लाडिङ, मसरुम स्प्रे, अम्ब्रेला सावर लगायतका पानी पोखरीमा खेलिने खेलका मनोरञ्जनात्मक उपकरणहरु जडान गरिएको छ । युवाहरुका लागि साहसिक स्लाइड अन्तर्गत २५ फीट उचाईबाट यस क्षेत्रमा अहिलेसम्मकै लामो तीव्र गति २ सय फीटको स्पीड स्लाइड पनि रहेको छ । पार्कभित्र डेढ दर्जन सेल्फी स्पट समेत बनाइएको छ ।

    दोस्रो चरणमा दशहजार वर्गमिटरको बहुउद्देश्य हल, रेष्टुरेन्टसहित रिसोर्ट सञ्चालन ल्याउने उनीहरूको तयारी छ । यसका लागि ती युवा उद्यमीले ५५ करोड लगानी गर्ने योजना बनाएका छन् । लुम्बिनी आउने पर्यटक, भारतको गोरखपुर सम्मको पर्यटकलाई लक्षित गरी मुलुककै नमूना पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्यसहित सञ्चालनमा आएको वाटर पार्कमा एकपटकमा ३ हजार ५ सय जनासम्मले मनोरञ्जन लिन सक्ने प्रालिका सञ्चालक निरज बरालले बताए।

    अमेरिकन प्रविधि जडित वाटर पार्कमा बालबालिकादेखि वयष्क उमेर समूहसम्मका स्लाइडहरु रहेका उनले बताए । पार्कमा ठूलो वेभ पूल (सामुद्रिक छाल जस्तो ) रहेको छ भने ४० फिट अग्लो टावरबाट पार्कको अवलोकन गर्न सकिन्छ । 

    वाटरपार्कमा नेपालको संस्कृति झल्किने हस्तकला, पेन्टिङ तथा घरेलु उद्योगबाट उत्पादित सामानको बिक्री कक्ष, डिजिटल अर्डर गर्न सकिने फुडकोर्ट, पर्याप्त पार्किङ स्थल, प्रतिक्षालय जस्ता सुविधा रहेका छन् । उक्त पार्कले ३५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । पार्क पूर्ण क्षमतामा सञ्चालन हुँदा डेढ सय जनाले रोजगारी पाउने छन् ।  

     


    images

    Logo