काठमाडौं । नेपाली सेनाले अवकाशप्राप्त सेनालाई कोभिड–१९ संक्रमितको उपचार तथा उद्दारका लागि खटायने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको बसेको सैनिक जनरलहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णय अनुसार २०७२ सालभन्दा पछि सेनाबाट अवकाश भएका सैनिकहरुलाई तयारी हालतमा बस्न निर्देशन जारी गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।