काठमाडौं । चैत महिनासम्मको कर तिर्ने समय नजिकिँदै गर्दा एकपछि अर्को संस्थाले सरकारलाई कर तिर्ने म्याद थप्न दवाव दिइरहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नाडा अटोमोबाइल्स एशोसिएसन लगायतले यसअघि नै सरकारलाई कर तिर्ने म्याद थप्न लिखित आग्रह गरिसकेका छन् ।
यो सूचीमा अहिले क्यान महासंघ पनि थपिएको छ । क्यानले शुक्रबार विज्ञप्ती जारी गर्दै तत्कालको अवस्थामा कर तिर्न नसक्ने जनाएको हो ।
