images
images

अमरगढी नगरपालिकाको निर्णय : मेयर चढ्ने गाडी एम्बुलेन्स बनाउने र टिपरलाई शववाहन


  • 417
    SHARES
  • २०७८ बैशाख २३ गते बिहीबार

    अमरगढी नगरपालिकाको निर्णय : मेयर चढ्ने गाडी एम्बुलेन्स बनाउने र टिपरलाई शववाहन

    काठमाडौं । अमरगढी नगरपालिकाका मेयर तथा उपमेयर चढ्ने गाडीलाई एम्ुलेन्स बनाउने भएको छ । सूदूरपश्चिम प्रदेशको डडेल्धुरास्थित सो नगरपालिकाले बोलेरो जिप जनताका लागि एम्बुलेन्स बनाउने र नगरपालिकाकै स्वामित्वको टिपरलाई शववाहन बनाउने निर्णय गरेको हो । 

    कोरोना नियन्त्रणका लागि नगरपालिकाले आफ्ना सबै संयन्त्र परिचालन गर्ने निर्णय समेत गरेको छ । यसअन्तर्गत स्वास्थ्य संस्थाका ४३ जना र विद्यालय नर्सिङ कार्यक्रम अन्तर्गतका१० जना स्टाप नर्स परिचालन गरेको छ। यसका साथै टोलटोलमा स्वयंसेविका परिचालन गरेको छ।

    सुदूरपश्चिम प्रदेशको एक मात्र संघीय अस्पताल डडेल्धुरा अस्पतालमा रहेको जनशक्ति अभाव हटाउन नगरपालिकाले राहतस्वरूप चारजना स्वास्थ्यकर्मी पठाउने निर्णय समेत गरेको छ। नगरपालिकाले बिदामा भएका सबै स्वास्थ्यकर्मी लाई पनि तत्काल कार्यक्षेत्रमा खटिन निर्देशन दिएको छ ।


    images

    Logo