images
images

धुम्बाराही तरकारी तथा फलफूल बिक्री केन्द्रमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा


  • 759
    SHARES
  • २०७७ चैत्र २४ गते मंगलबार

    धुम्बाराही तरकारी तथा फलफूल बिक्री केन्द्रमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा
    फाइल तस्बिर

    काठमाडौं । नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफूल बिक्री केन्द्रमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । मंगलबार बिहान नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन क“डेलले तरकारी खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् । 

    अब धुम्बराही तरकारी तथा फलफूल केन्द्रमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन् । 

    क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंक काकार्यकारी निर्देशक, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापन कर्मचारीहरू र धुम्बराही तरकारी तथा फलफूल केन्दका कार्यकारी सदस्यहरू एवम् बिक्री केन्द्रका व्यवसायीहरुको उपस्थिति रहेको थियो । 

    राष्ट्र बैंकका कार्यकारी निर्देशक क“डेलले विभिन्न तरकारी तथा फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि एउटा तरकारी पसलमा तरकारी खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी गर्नु भएको थियो । 

    नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरू यो नबिन सेवातर्फ आकर्षित भइरहेका छन् ।

    डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागिन बिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । अहिले बैंकको साथमा देशभर ३हजा© भन्दा बढी क्यूआर सेवादिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन् जुन हरेक दिन बढिरहेका पनि छन् । 

    कार्यक्रममा कार्यकारी निर्देशक क“डेलले भने ‘विगतका दिनहरूमा भुक्तानीका लागिकोडहरूको प्रयोग बजारमाउल्लेखनीय रूपमा वृद्धि भएको छ। यसकँे लागिनबिल बैंक जस्तो वित्तीय संस्थाले वित्तीय पहु“च, वित्तीय समावेशीकरण, पारदर्शिता र आर्थिक समृद्धि सक्षम पार्न डिजिटल भुक्तानी सक्षम गर्न सक्रिय भूमिका खेलिहेका छन् ।’

    यसैगरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि हामीले नेपालमा भुक्तानी प्रणालीमा नया“पन देख्न थालेको र जसको परिणाम उपभोक्ता विस्तारै–विस्तारै नगदबाट डिजिटल भुक्तान तर्फ परिवर्तन भइरहेको पाइएको बताए । 

    ‘नबिल क्यूआर कोड एउटा सहज, सुरक्षित र किफायती डिजिटल भुक्तानी गर्ने माध्यम हो, जसलाई आर्थिक समृद्धिमा महत्वपूर्ण योगदानको रूपमा लिन सकिन्छ । क्यूआर मार्फत डिजिटल भुक्तानीलाई प्रवद्र्धन नगर्ने उद्देश्यको साथ, नबिल बैंकले देशभर भुक्तान सेवाको पहु“च विस्तार गर्न एक मिशन शुरू गरेको छ ।’

    नबिल बैंक नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । ंनया“ प्रविधि अपनाउने र नवीन प्रडक्टका साथै सेवाहरू सुरु गर्ने काममा नबिल सधैं नै अगाडि रहेको छ । नबिल बैंकले कोभिड महामारीकै बीचमा नबिल डिजी बैंक स्थापना गरेर उपभोक्ताको हरेक कामहरूलाई डिजिटलमार्फत सेवा पुराइरहेको छ ।

    बैंकले ग्राहकहरूको आवश्यकताहरु पूरा गर्न डिजिटल मार्गहरुको अन्वेषण गर्दैछ । बैंकले मुलुकको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य राखेको छ । नबिल डिजी बैंकले लक्ष्य हासिल गर्न ग्राहक टचपोइन्टहरू र आन्तरिक प्रक्रियाहरू क्रमिक रूपमा अगाडि बढाएको छ । 


    images

    Logo