images
images

नेपालमा अक्सिजन आपूर्ति नरोक्न केन्द्र सरकारको आदेश, भारतबाट २ ट्यांकर अक्सिजन आउँदै


  • 1.1K
    SHARES
  • २०७८ बैशाख २४ गते शुक्रबार

    नेपालमा अक्सिजन आपूर्ति नरोक्न केन्द्र सरकारको आदेश, भारतबाट २ ट्यांकर अक्सिजन आउँदै

    भारतले अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध बिहीबार फुकुवा गरेको छ । यससँगै दुई ट्यांकरमा ३० टन लिक्विड अक्सिजन शनिबारसम्म नेपाल आउँदैछ । यसले करिब एक लाख ८० हजार सिलिन्डिरमा अक्सिजन भर्न पुग्ने अनुमान छ ।

    भारतले त्यहाँको सर्वोच्च अदालतको आदेश अनुसार चैत पहिलो साताबाट अक्सिजन निर्यातमा रोक लगाएको थियो । नेपालमा मौज्दात अक्सिजन र सिलिन्डरले नपुग्ने तथा भयावह स्थिति आउने भन्दै नेपाली अधिकारीले निर्णयमा पुनर्विचार गरिदिन भारतलाई आग्रह गर्दै आएका थिए । नेपालको निरन्तरको आग्रहपछि भारतले स्वास्थ्य प्रयोजनका लागि अक्सिजन आपूर्ति खुला गर्ने निर्णय गरेको हो ।

    भारतीय गृह मन्त्रालयले बिहीबार सबै प्रदेश तथा डिस्ट्रिक मजिस्ट्रेट कार्यालयलाई परिपत्र गर्दै नेपालमा अक्सिजनको आपूर्ति सुरु गर्न निर्देशन दिएको छ । नेपालमा भारतको झारखण्ड जम्सेदपुर स्थित लिन्ड इन्डियाबाट मासिक एक सय ५० टन अक्सिजन आउने गरेको छ । शंकर अक्सिजन ग्यास प्रा.लि.ले आपूर्ति गर्दै आएको छ ।

    ‘भारत सरकारले नेपालमा अक्सिजन लैजानका लागि मार्गप्रशस्त गरेको छ । आफ्नै प्रतिकूलताका बाबजुत पनि नेपाललाई गरेको यो सहयोगप्रति नेपाल सरकार आभारी छ,’ दिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले भने, ‘अब हामीलाई चाहिने अक्सिजन झारखण्डबाट निर्वाध रूपमा लै जान मार्गप्रशस्त भएको छ । अब नेपालमा अक्सिजनको आपूर्ति निरन्तर हुन्छ ।’

    भारतको सर्वोच्च अदालतको आदेशको हवाला दिँदै झारखण्डको जम्सेदपुर र उत्तर प्रदेशको महाराजगन्जका प्रमुख जिल्ला अधिकारीहरूले नेपालबाट अक्सिजन लिन गएका गाडी रोकेका थिए । दिल्लीस्थित नेपाली दूतावासका अधिकारीसँगको कुराकानीमा उनीहरूले केन्द्र सरकारको आदेश आए ग्यास आपूर्ति नरोक्ने जवाफ दिएका थिए । नयाँ पत्रिकाबाट


    images

    Logo