images
images

नेपाल टेलिकमले थप्यो इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुविधा


  • 529
    SHARES
  • २०८१ श्रावण ९ गते बुधबार

    नेपाल टेलिकमले थप्यो इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुविधा

    काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुविधा थप गरेको छ ।

    नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम जडान अनुरोध दर्ता गर्नेदेखि आफ्नो आवश्यकता अनुसारका  सो सेवाका प्याकेजहरु परिवर्तन समेत गर्न सक्नेछन् ।

    यसैगरी टेलिकमले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवाका ग्राहकहरुका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा शुल्क प्रणाली बमोजिमका बेसिक तथा प्रिमियम प्याकेज  खरिद गर्न सकिने व्यवस्था गरेको छ । ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरु सब्सिक्रिप्सन  गर्नका साथै प्याकेज परिवर्तन पनि गर्न प्रवक्ता किशोर कुमार भट्टले जानकारी दिए । 

    PI Services through IVR 198


    images

    Logo