images
images

नेपाल टेलिकमको सेवाहरु आज राति ४ घण्टाका लागि अवरुद्ध हुने


  • 378
    SHARES
  • २०८१ श्रावण १७ गते बिहीबार

    नेपाल टेलिकमको सेवाहरु आज राति ४ घण्टाका लागि अवरुद्ध हुने

    काठमाडौं । नेपाल टेलिकमको सेवा आज राति चार घन्टा बन्द हुने भएको छ । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि आज राति ११ बेदेखि चार घण्टा सेवा बन्द हुने टेलिकमले जनाएको छ ।

    अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

    बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा प्रभावित हुन सक्ने जनाएको छ । ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्यारी सेवा प्रभावित हुने छ ।

    उक्त समयमा मोबाइल भ्वाइस, डाटा तथा एसएमएस सेवा भने यथावत् हुने कम्पनीले जनाएको छ ।


    images

    Logo