images
images

कोशी प्रदेशमा एक हजारलाई रोजगारी सिर्जना गर्न सम्झौता


  • 314
    SHARES
  • २०८१ श्रावण १७ गते बिहीबार

    कोशी प्रदेशमा एक हजारलाई रोजगारी सिर्जना गर्न सम्झौता

    काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौं र कोशी प्रदेश सरकारबीच उद्यमशीलता र रोजगारमुलक कार्यक्रमका लागि समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्तिथिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यलयका उपसचिव अर्जुनकुमार निरौलाले हस्ताक्षर गरे ।

    समझदारीपछि कोशी प्रदेशका सर्वसाधारण नागरिकमा उद्यमशीलताको विकास र रोजगार सिर्जना गर्न सहयोग पुग्नेछ ।

    यो समझदारीले सर्बसुलभ कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गर्ने समझदारी पत्रमा उल्लेख छ ।

    समझदारी पत्र हस्ताक्षर समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो समझदारीले प्रदेशमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

    मुख्यमन्त्री कार्किले अब प्रदेश नयाँ समझदारीकासाथ अघि बढ्दा बिकास र रोजगारीमा सहयोग पुग्ने बिश्वास जनाए ।

    उक्त अवसरमा प्रमुख सचिव केदारनाथ शर्माले यो समझदारीले नागरिकका अपेक्षा पूरा गर्न सहयोग गर्ने बताए । उनले आगामी दिनमा प्रदेशमा नयाँ नयाँ काम गर्न सहज हुने बताए ।

    कार्यक्रममा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरेले कोशी प्रदेशमा युवा रोजगार,घरेलु उद्योग विकास र उद्यमशीलता विस्तारलाई समझदारीले नयाँ ढोका खोलेको बताए ।

    मुख्यमन्त्री कार्कीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले कोशी प्रदेशमा करिब एक हजार रोजगारी सिर्जना गर्ने गरि यो समझदारी गरिएको जानकारी दिए ।

    उनले चाँडै नै रोजगारीका लागि मन्त्रालय तहमा समझदारी गरि अघि बढ्ने बताए । प्रदेशमा १२ कक्षा उत्तीर्ण करिब एक हजार युवालाई तालीम दिएर अनलाइन रोजगारी यसै वर्ष दिने तयारी प्रदेश सरकारले गरेकोछ ।


    images

    Logo