images
images

इजरायलमा रोजगारीका लागि नेपाली श्रमिकको आकर्षण : २ हजारको माग हुँदा ४ हजार बढीले दिए आबेदन


  • 404
    SHARES
  • २०८१ श्रावण १८ गते शुक्रबार

    इजरायलमा रोजगारीका लागि नेपाली श्रमिकको आकर्षण : २ हजारको माग हुँदा ४ हजार बढीले दिए आबेदन

    काठमाडौं । इजरायलको रोजगारीको लागि मागभन्दा दोब्बर आबेदन परेको छ । बैदेशिक रोजगार विभागका अनुसार २ हजार जना प्रशिक्षार्थी कामदार माग गरिएकोमा ४ हजार २४ जनाको आबेदन परेको छ ।  जसमा २ हजार २०९ पुरुष आवेदक र १ हजार ८१५ महिला छन् ।

    विभागकाअनुसार आबेदन दिएकामध्ये १ हजार ५०० जना छनौट हुने र त्यसमध्ये ५०० जनालाई गोलाप्रथाबाट छानिने छ । श्रम सम्झौतामा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष कामदार लिने शर्त राखेको इजरायलले यसपटक ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कामदारको माग गरेको छ ।

    रोजगारीको लागि जानेले बस्ने सुविधा भएता पनि लागत आफैं तिर्नुपर्ने र खाने खर्चसमेत आफै व्यहोर्नुपर्ने छ । दुवै देशको श्रम सम्झौतामा न्यूनतम मासिक ९० हजार रुपैयाँ तलब सुविधा हुने उल्लेख भए पनि यसपटक २ लाखभन्दा बढी तलब दिन रोजगारदाता तयार भएका छन ।


    images

    Logo