काठमाडौं । सामसुङका सामान किन्दा बैंक अफ काठमाण्डूले किस्ताबन्दीको सुविधा दिने भएको छ । दशैं, तिहार लगायत महत्वपूर्ण चाडबाडको उपलक्ष्यमा बैंकको क्रेडिट कार्ड प्रयोगकर्तालाइ शुन्य प्रतिशत ब्याजदरमा सो सुविधा उपलब्ध गराएको हो । सामसुङ कम्पनीको स्मार्टफोन, स्मार्टवाच र ट्याबलेटहरु सरल किस्ताबन्दीमा यस्तो सुविधा पाइने उल्लेख गरिएको छ ।
यसका लागि बैंक र आईएमएस नेपाल प्रा.लि. बीच मंगलबार सम्झौता भयो । आईएमएस नेपालमा लागि सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता हो ।
नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएसको काठमाडौंमा ६ स्थान सहित पोखरा, बुटवल तथा धनगढीमा गरी नेपालभर ९ वटा आधिकारिक शोरुम छन् ।
यस योजनाको लागि ग्राहक महानुभावहरुले बैंकको क्रेडिट कार्ड लिनको लागि अनलाइनको माध्यमबाट पनि आवेदन दिन सक्नेछन् । यस सरल किस्ताबन्दी योजनामा ग्राहकले शुन्य प्रतिशत ब्याजदरकोे सुविधा पाउने बैंकले उल्लेख गरेको छ ।


