images
images

गुगलले प्लेस्टोरबाट हटायो ‘इसेवा’, डाउनलोड भएको एप के हुन्छ ?


  • 401
    SHARES
  • २०८१ श्रावण २३ गते बुधबार

    गुगलले प्लेस्टोरबाट हटायो ‘इसेवा’, डाउनलोड भएको एप के हुन्छ ?

    काठमाडौं । गुगलको प्लेस्टोरबाट इसेवाको एप हटेको छ । यति बेला प्ले स्टोरमा ईसेवा एप खोज्ने हो भने भेटिँदैन । प्लेस्टोरबाट ईसेवा एप हराएसँगै प्रयोगकर्तामा एक प्रकारको तरङ्ग मच्चिएको छ ।

    ईसेवामा धेरै समस्याको रिपोर्टपश्चात् सुरक्षा कमजोरीको कारण गुगलले हटाएको हुन सक्ने धेरैले आशंका गरेका छन् । ईसेवाको मोबाइल वालेटमा सुरक्षा जोखिम रहेको देखिएको छ ।

    सुरक्षा खतरा भनेर प्रमाणित भइसकेपछि इसेवाको एप मोबाइलमा राख्न नहुने आइटी सुरक्षाविज्ञरुको तर्क छ ।

    ईसेवाले भने आफ्नो आधिकारिक फेसबुक पेजबाट ईसेवा प्रा.लि.बाट ईसेवा लिमिटेडमा परिणत भएको विवरण गुगल प्ले स्टोर र डन्स (डाटा युनिभर्सल नम्बरिङ सिस्टम)मा अप्लोड गर्ने काम भइरहेको कारण अस्थाई रूपमा प्लेस्टोरबाट हटाइएको भनी बताएको छ ।

    डाउनलोड भइसकेका ईसेवा एपहरू सुरक्षित रहेको र त्यहाँबाट गरिने कारोबार पनि सुरक्षित रहेको ईसेवाले जनाएको छ । यद्यपि, ईसेवा प्रयोगकर्ताहरूले कारोबार र भुक्तानीमा विभिन्न समस्या आइरहेको बताएका छन् ।


    images

    Logo