images
images

भक्तपुर अस्पतालमा अक्सिजन सकिएर दुई सङ्क्रमितको मृत्यु


  • 272
    SHARES
  • २०७८ बैशाख २४ गते शुक्रबार

    भक्तपुर अस्पतालमा अक्सिजन सकिएर दुई सङ्क्रमितको मृत्यु

    भक्तपुर । कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको एकैसाथ मृत्यु भएको छ । 

    अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु  भएको  जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । 

    भक्तपुरका अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको मिजारले बताए । उनले उक्त अस्पतालले भर्ना भएका बिरामीलाई अक्सिजन सकिन लागेकाले अन्यत्र लैजान बिरामीका परिवारलाई भनेपछि अस्पताल खोज्दाखोज्दै मृत्यु भएको उनले जानकारी दिए ।

    एकदमै गम्भीर अवस्थामा रहेका बिरामीलाई अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था नगरी उपचार गर्दा बिरामीको ज्यान गएको मृतकका परिवारले बताए ।


    images

    Logo