images
images

टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति ४ घण्टा बन्द हुने


  • 375
    SHARES
  • २०८१ श्रावण ३२ गते शुक्रबार

    टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति ४ घण्टा बन्द हुने

    काठमाडौं । नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा आज केही समयका लागि बन्द हुने भएको छ । टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नतिको काम  गर्न लागेकाले आज राति ११ बजेदेखि झण्डै ४ घण्टा सेवा प्रभावित हुने भएको हो ।

    टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नतिको काम नियमित भएको जनाएको छ । यसबारे थप जानकारीका लागि  १४९८ र १९८ मा डायल गर्न पनि नेपाल टेलिकमले अनुरोध गरेको छ ।


    images

    Logo