काठमाडौं । नेपाल टेलिकमले ६० वर्ष माथिका नागरिकलाई निशुल्क रुपमा सीम प्रदान गर्ने भएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक भोलि (असोज १५) देखि १० दिनका लागि जेष्ठ नागरिकलाई निशुल्क रुपमा वितरण गर्ने टेलिकमले जनाएको छ । परेको छ ।
सो सीममा१० रुपैयाँ व्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्न, २० वटा सन्देश पठाउन र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा प्रयोग गर्न सकिनेछ । यो सुविधा सीम लिएको एक महिनासम्म उपलब्ध हुनेछ ।
नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरुबाट ज्येष्ठ नागरिकहरुले यो सुविधाको उपयोग गर्न सक्नु हुनेछ । यसका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र (जस्तै–नागरिकता प्रमाणपत्र, जेष्ठ नागरिकको परिचयपत्र)को प्रतिलिपी संलग्न गर्नुपर्ने जनाएको छ ।
नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका ज्येष्ठ नागरिकहरुलाई उपलब्ध गर्ने निःशुल्क सिमको सुविधाले आदरणीय जेष्ठ नागरिकहरुलाई दूरसञ्चार र सूचना प्रविधिको पहँुचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


