काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्न भूमिका खेलेको आरोपमा पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात धरौटीमा रिहा हुने भएका छन् ।
सर्वोच्च अदालतले बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । बस्न्यात गत मंसिर २८ गते पक्राउ परेका थिए विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी करिब ५ महिनादेखि जेलमा थिए । विशेष अदालतको निर्णय विरुद्ध सर्वोच्च गएका उनलाइ छाड्न आदेश दिइएको हो ।