काठमाडौं । एनएमबि बैंकले मुद्दती खाताको आकर्षक योजना सार्वजनिक गरेको छ । साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबिले नयाँ योजना सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई मुद्धती निक्षेपमा ९.५२% बार्षिक ब्याजदर (०.५ % प्रिमियम सहित) प्रदान गर्नेछ ।
एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडियो कलमा आधारित प्रविधि (भिडियो केवाईसी) मार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सक्नेछन् । भीकेवाईसी मार्फत् ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधोइकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन् ।
ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् । भीकेवाईसीको लागि https://vcc.nmb.com.np/ डिजिटल लिङ्क प्रयोग गर्न सकिने बैंकले जनाएको छ । बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटीएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत् उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


