images
images

नाडा अटो शोमा केइले ३ ओटा मोडेल सार्वजनिक गर्ने


  • 455
    SHARES
  • २०८१ भाद्र ४ गते मंगलबार

    नाडा अटो शोमा केइले ३ ओटा मोडेल सार्वजनिक गर्ने

    काठमाडौं । केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने ३ ओटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन सुरु गरेको छ।

    जस अन्तर्गत सहभागिता जनाउन केइ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्नको उत्तर लेख्नु पर्नेछ । क्याम्पेनमा सहभागी हुन केइ नेपालको फेसबुक पेजइन्स्टाग्राम पेजमा गई उक्त प्रश्नको उत्तर लेख्नु पर्नेछ ।

    सहभागी मध्यबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तर दिने एक जना विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्न सक्नेछन् । केइ नेपालको सोसियल मीडिया फोलोवर्स र फेन्सहरुले यस रमाइलो क्याम्पेनमा अनुमान गरी विजेता बन्न सक्नेछन् ।

    यो क्याम्पेन बाट भाद्र १० गतेसम्म चल्ने बताइएको छ । आउँदै गरेको नाडा अटो शोमा केइ अटोमोबाइल्स को स्टल नंएच-१६मा आई केई ब्रान्ड र नाडामा लन्च गरिने केइका गाडीहरूका बारे जानकारी सकिने छ ।

    सायद कार  र पाठ को फोटो हुनसक्छ


    images

    Logo