काठमाडौं । सरकारले आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब अक्सिजन खपत हुने अनुमान गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० हजार ३५ संक्रमितको लागि ३ अर्ब ८५ करोड ३२ लाख ९७ हजार ६सय १७ लिटर अक्सिजन खपत हुन्छ ।
मेडिकल अक्सिजन प्रयोग तथा आवश्यकता निर्धारणसम्बन्धी मापदण्ड २०७८ जारी गर्दै मन्त्रालयले यस्तो अनुमान गरेको हो । आईसीयू/भेन्टिलेटरमा बैशाख मसान्तसम्म २ हजार २ सय ८५, जेठमा ३ हजार २३ र असारमा २ हजार ६ सय ९८ जना भर्ना भई मेडिकल अक्सिजन आवश्यक पर्ने अनुमान गरिएको छ ।
एचडीयुमा असार मसान्तसम्म ५ हजार ३ सय ३१, जेड मसान्तसम्म ७ हजार ५३ र असार मसान्तसम्म ८ हजार ६सय २८ जनालाई मेडिकल अक्सिजन आवश्यक पर्ने जनाइएको छ ।
त्यस्तै, वैशाख मसान्तसम्म ७ हजार ६ सय १६, जेठ मसान्तसम्म १० हजार ७४ र असार मसान्तसम्म १२ हजार ३ सय २६ जनालाई साधारण अक्सिजन बेड आवश्यक पर्न सक्नेछ ।
बैशाख ९७ करोड ७६ लाख ५६ हजार ७ सय ८१ लिटर, जेठमा १ अर्ब २९ करोड ३३ लाख ६७ हजार ८ लिटर र असारमा १ अर्ब ५८ करोड २२ लाख ७३ हजार ८ सय २९ लिटर मेडिकल अक्सिजन खपत अनुमान छ । असारसम्म ५ लाख ६६ हजार ६सय ६१ अक्सिजन सिलिन्डर खपत हुने मन्त्रालयको अनुमान छ । राजधानी दैनिकबाट


