images
images

अवैध रुपमा साउदीमा काम गरिरहेका १४६ नेपालीले पाए ‘एक्जिट भिसा’


  • 307
    SHARES
  • २०८१ भाद्र १६ गते आइतबार

    अवैध रुपमा साउदीमा काम गरिरहेका १४६ नेपालीले पाए ‘एक्जिट भिसा’

    काठमाडौं । अवैधरूपमा साउदी अरेबियामा काम गरिरहेका १४६ कामदारले नेपाल आउने भिसा (एक्जिट भिसा) पाएका छन् । साउदीस्थित नेपाली दूतावासको पहलमा साउदीको अध्यागमन कार्यालयले हुरुब (कम्पनी छोडेर भागेका) र इकामा (बस्ने अनुमति) सकिएका वा नपाएका १४६ जना नेपाली श्रमिकले ‘एक्जिट भिसा’ पाएका हुन् ।

    एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुने भएकाले यसबापत कुनै पनि निकायमा शुल्क बुझाउनु नपर्ने दूतावासले सम्बन्धित पक्षलाई दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    दूतावासका अनुसार एक्जिट भिसा पाएका कामदारको कागतजात बनाएर स्वदेश फर्किने बाटो बनाइदिने दूतावासले जनाएको छ । एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट कामदार स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ ।

    गैरकानुनीरूपमा रहेका आप्रवासी कामदारलाई स्वदेश फर्कन दिने नीतिअनुरूप साउदी अध्यागमनले थुप्रै विदेशी श्रमिकलाई एक्जिट भिसा दिइरहेको छ । एक्जिट भिसा दिन थाले यता झण्डै चार तीन हजार नेपालीहरु स्वदेश फर्किसकेको दूतावासले जनाएको छ ।

    इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेका वा साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि इकामा प्राप्त नगरेका वा हुरुब लागेका व्यक्तिको मात्र एक्जिट भिसा प्रोसेसिङ हुन्छ । यसका लागि सम्बन्धीत देशको दूतावासले पहल गर्नुपर्छ ।

    एक्जिट भिसा प्रोसेसिङ गर्दा अफ्ठ्यारोमा परेका नेपालीहरुलाई आवश्यक जानकारी र सहजीकरणका लागि रियादस्थित दूतावासको कार्यालय र जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा बिदाको दिनबाहेक कार्यालय समयभित्र सम्पर्क राख्न दूतावासले आग्रह गरेको छ ।


    images

    Logo