images
images

अवरुद्ध कान्तिलोकपथ खुल्यो


  • 295
    SHARES
  • २०८१ भाद्र २० गते बिहीबार

    अवरुद्ध कान्तिलोकपथ खुल्यो

    मकवानपुर । वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा आज बिहान पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो । 
     
    सो स्थानमा खसेको पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार, हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, सिस्नेरी सडकखण्ड, पूर्वपश्चिम राजमार्ग सबैतिरको बाटोमा निर्वाध रुपमा यातायात सञ्चालन भइरहेको छ । 


    images

    Logo