काठमाडौं । बागलुङमा बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा तीन जनाको मृत्यु भएको हो। कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर गएराती बाढीले बगाएको थियो ।
मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा, २० वर्षीय कमल सापकोटा र २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।
सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल रातीनै फेला परेको थियो । बाढीमा परेका २० वर्षीय कमल सापकोटाको भने आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । बेपत्ता कमलको खोजी भइरहेको छ ।


