images
images

कृषि मन्त्रालयले विद्युतीय प्रणालीमा रासायनिक मलको तथ्याङ्क राख्ने


  • 329
    SHARES
  • २०८१ भाद्र २६ गते बुधबार

    कृषि मन्त्रालयले विद्युतीय प्रणालीमा रासायनिक मलको तथ्याङ्क राख्ने

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको तथ्याङ्क विद्युतीय प्रणालीमा राख्ने तयारी गरेको छ । मन्त्रालयले महिना दिनभित्र रासायनिक मलको तथ्याङ्क विद्युतीय प्रणालीमा राख्ने तयारी गरेको हो । 

    अहिले एक महिनाभित्र तयार हुने गरी सो प्रणाली आन्तरिक रूपमा सफ्टवेयर तयार गरी ‘डेमो’ भइरहेको मन्त्रालयले जनाएको छ । 

    उक्त प्रणालीमा मलको आयात, सञ्चय, प्रदेश तथा स्थानीय तहलाई विभाजन हुने कोटा, बिक्रेता तथा लाभाग्रहीको तथ्याङ्क व्यवस्थापन गरिनेछ ।

    रासायनिक मलको लागि विद्युतीय प्रणालीबाटै आवेदन दिइनुपर्नेछ । 

    एक पटक मल प्राप्त गरेका सेवाग्राहीले मलको विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने मन्त्रालयले जनाएको छ।


    images

    Logo