images
images

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, विश्वासको मत लिनुअघि ओलीले के गर्लान् ? 


  • 451
    SHARES
  • २०७८ बैशाख २५ गते शनिबार

    मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, विश्वासको मत लिनुअघि ओलीले के गर्लान् ? 

    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । शनिबार अपराह्न ५ बजेका लागि बैठक बोलाइएको हो । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने भए पनि शनिबार आकस्मिक रुपमा बैठक बोलाइएको हो । 

    सोमबार ओलीले संसदमा विश्वासको मत लिँदैछन् । तर, विश्वासको मत ओलीको अनुकुल नहुने  निश्चितप्रायः छ । यस्तो अवस्थामा ओलीले बोलाएको मज्त्रिपरिषद् बैठकले विशेष निर्णय गर्नसक्ने अनुमान गरिएको छ ।

    कतिपयले लुम्बिनी प्रदेशको जस्तै ओलीले मतदानअघि नै राजीनामा दिने र फेरि ठूलो दलको हैसियतमा शपथ लिने अनुमान गरेका छन् । त्यसो भयो भने यो बैठक वर्तमान मन्त्रिपरिषद्को अन्तिम बैठक समेत हुन सक्नेछ । 


    images

    Logo