काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि अवरुद्ध भएको छ । तीनदिन बितिसक्दा पनि नेपाल टेलिकमको सेवा सुचारु नभएको बताइएको छ ।
सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा शनिबार दिउँसोदेखि अवरुद्ध भएको छ ।
बैतडीको अनारखोलीमा अप्टिकल फाइबर ब्रेक भएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ ।
टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएपछि हजारौं ग्राहक मारमा परेका छन् ।
टेलिकमको सेवा अवरुद्ध हुँदा त्यहाँकाे सञ्चार क्षेत्र सम्पर्कबिहीन भएको छ ।