काठमाडौं । आठ वटा हाइड्रोपावर कम्पनीले लाभांशको घोषणा गरेका छन । नेप्सेमा सूचीकृत भएका ४० कम्पनीमध्ये आठ वटा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
सुचीकृत कम्पनीमध्ये लाभांश प्रस्ताव गर्ने कम्पनीहरुमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, अरुण काबेली पावर, अपी पावर कम्पनी लिमिटेड, रुरु जलविद्युत परियोजना, सानिमा माइ हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, ङादी ग्रुप पावर कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड आदि रहेका छन् ।
ङादी ग्रुप पावर कम्पनीको सबैभन्दा धेरै २० प्रतिशत बोनस सहित २१.०५ प्रतिशत रहेको छ । भने अहिले सम्म कम लाभांश अरुण भ्याली हाइड्रोपावरको १०.५२६ प्रतिशत रहेको छ ।
कुनले कति दिए लाभांश ?
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड :
सिनर्जी हाइड्रोपावरले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट पहिलोपटक लाभांश घोषणा गरेको हो । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बराबरको बोनस शेयर र कर प्रयोजनका ०.५२६३ प्रतिशत गरी कुल १०.५२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
ङादी ग्रुप पावर कम्पनी :
ङादी ग्रुप पावर कम्पनी ले गत आर्थिक वर्षको ०७७/७८ को मुनाफा बाट चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख १ हजार रुपैयाँ बराबरको नगद लाभांश घोषणा गरेको हो । साथै कम्पनीले बोनस शेयर वितरण पछि कायम हुने १ः२ को अनुपातमा हुन आउने २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको हो । सो प्रस्तावित लाभांश साधारणसभाबाट पारित भईसकेको छ ।
अपी पावर कम्पनी लिमिटेड :
अपी पावर कम्पनीले लिमिटेड गत आर्थिक वर्षको ०७७/७८ को मुनाफा बाट चुक्ता पुँजीको १०.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका ०.५५ प्रतिशत गरी कुल ११.०५ प्रतिशत लाभांश घोषणा गरेको हो । साथै सो कम्पनीले १ बराबर ०.३९ प्रतिशत हकप्रद दिने प्रस्ताव गरेको हो ।
अरुण काबेली पावर :
अरुण काबेली ले आर्थिक वर्ष ०७७/०७८ को मुनाफा बाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश र बोनस शेयरपछि हुन आउने पुँजीमा १ः१ बराबर हुन आउने १०० प्रतिशत हकप्रद शेयरदिने प्रस्ताव साधारणसभाबाट पारित भएको छ ।
रुरु जलविद्युत परियोजना :
रुरु जलविद्युत परियोजना लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०।५२६प्रतिशत कर सहितको नगद लाभांश गरी कुल १०.५२५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड :
सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड ले गत आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत कर सहितको नगद लाभांश गरी कुल १०.५२५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड :
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड कम्पनीले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड :
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड कम्पनीले गत आर्थिक वर्ष ०७७/०७८ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १२.६ प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने भएको हो ।



सम्झना बरुवाल
