images
images

काठमाडौंका चार अस्पतालद्वारा कोरोना संक्रमितको उपचार गर्न नसक्ने घोषणा


  • 382
    SHARES
  • २०७८ बैशाख २५ गते शनिबार

    काठमाडौंका चार अस्पतालद्वारा कोरोना संक्रमितको उपचार गर्न नसक्ने घोषणा

    काठमाडौं । काठमाडौंका चार अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसक्ने घोषणा गरेका छन् । अक्सिजन ग्यासको अभाव भएको भन्दै मेडिकेयर अस्पताल, नेपाल भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल र हेल्पिङ ह्यान्ड्सले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन्. । 

    अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोरोना संक्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरा दिन नसकिने परिस्थिति सिर्जना भएको जनाएको हो । अस्पतालले शनिबारदेखि अक्सिजनको नियमति आपूर्ति नभएसम्म सिमित शय्यामात्र सञ्चालन ल्याएर सेवा प्रदान गरिने जानकारी दिएका छन् ।

    press-release.jpg


    images

    Logo