images
images

ओलीलाई महन्थ ठाकुरले पनि बनाए निराश


  • 739
    SHARES
  • २०७८ बैशाख २६ गते आइतबार

    ओलीलाई महन्थ ठाकुरले पनि बनाए निराश

    काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्न पार्टीभित्र संघर्ष गरिरहेका महन्त ठाकुरले ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । ओलीलाई आइतबार भेटेर ठाकुरले यस्तो बताएका हुन् । 

    उनले जसपाका मागहरु अहिले पनि पूरा नभएको भन्दै आफ्नो पार्टी तटस्थ बस्ने बताए । उनी राजेन्द्र महातोसँगै बालुवाटार पुगेका थिए । 

    प्रधनमन्त्रीले विश्वासको मत लिने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको विशेष अधिवेशन बोलाएकी छिन् । सो अधिवेशन भोलि बस्दैछ । सम्भवतः मंगलबार प्रधानमन्त्रीको विश्वासको मतबारे टुंगो लाग्नेछ । 

    उता एमालेभित्रकै माधव नेपाल र झलनाथ खना पक्षका सांसदहरु ओलीलाई विश्वासको मत दिनुअघि नै सामूहिक राजीनामा दिने तयारी गरिरहेका छन् । 


    images

    Logo