images
images

थप ४५५ जनामा कोरोना पुष्टि, आठ जनाको मृत्यु


  • 332
    SHARES
  • २०७८ आश्विन २८ गते बिहीबार

    थप ४५५ जनामा कोरोना पुष्टि, आठ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा तीन हजार ४१८ पीसीआर परीक्षण गर्दा ३९८ जना र दुई हजार ७९६ एन्टिजेन परीक्षण गर्दा ५७ गरी ४५५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या आठ लाख चार हजार २७६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार २६९ पुगेको छ । त्यसैगरी आज ८०४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन ।

    योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७९ हजार १५४ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ८५३ जना रहेको छ । तीमध्ये १२ हजार ७९१ होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार एक हजार ६२ संस्थागत आइसोलेसनमा रहेका छन् भने कोरोनाका बिरामीमध्ये ३१० जना आइसीयू र १०५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३० जना क्वारेन्टिनमा रहेका छन् ।


    images

    Logo