images
images

एक महिनापछि रेसुंगा विमानस्थलबाट पुन : हवाई उडान सुरु


  • 389
    SHARES
  • २०८१ कार्तिक ९ गते शुक्रबार

    एक महिनापछि रेसुंगा विमानस्थलबाट पुन : हवाई उडान सुरु

    काठमाडौं । रेसुंगा विमानस्थलबाट एक महिनापछि पुनः हवाई उडान सुरु भएको छ । मौसम खराबको कारणले असोज ४ गतेदेखि लगातार उडान अवरुद्ध भएको थियो । 

    मौसममा सुधार आएको भन्दै बुधबार र शुक्रबार उडान सुरु गरेको जनाइएको छ । चाडपर्वको समयमा लगातार उडान अवरुद्ध हुँदा नागरिकले सेवा लिन पाएका थिएनन् ।

    रेसुंगा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको छ ।

    बिहानी समयमा बादल लाग्ने गरेकाले लगातार उडान अवरुद्ध हुदै आएको थियो । मौसम खराबको कारणले गत असारको दोस्रो साताबाट २ महिनासम्म उडान अवरुद्ध हुँदै आएको थियो ।

    यात्रुको अत्यधिक चाप बढेपछि रेसुंगा विमानस्थलबाट साप्ताहिक तीन उडानको अनुमति पाएको छ । तर पछिल्लो केही समयदेखि बुधबार र शुक्रबार मात्रै उडान भइरहेको छ । 

    अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २ सय ८० रुपैयाँ भाडा रहेको छ ।


    images

    Logo